चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

अबुधाबी । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई) का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गरेका छन् । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गरेका थिए ।
त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गरे । उनले यस कार्यबाट चिनियाँ खोपको विभिन्न देशमा परीक्षण गर्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उनले कोभिड महामारी विरुद्ध लड्न चीन र युएई बीचको साझेदारी नयाँ चरणमा प्रवेश गर्ने पनि बताए । युएईका विदेश मन्त्री शेख अब्दुल्लाहले चिनियाँ खोपको तेस्रो चरणको परीक्षण कार्यक्रम र खोप उत्पादनको नयाँ प्लान्ट स्थापनाले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
उनले हालसम्म १२० मुलुकभन्दा बढीका ५० हजारभन्दा बढी स्वयंसेवीले चिनियाँ खोपको परीक्षणमा सहभागी भएको जानकारी दिए । उनले चिनियाँ खोपहरू निकै सुरक्षित र प्रभावकारी पनि रहेकाले अन्तर्राष्ट्रिय समुदायले चिनियाँ खोपलाई मान्यता दिइरहेको बताए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह
-
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा हुने
-
पत्नीसँग खिचेको तस्बिरलाई लिएर जेलेन्स्कीलाई मस्कले किन गरे गाली ?
-
माओवादीद्वारा वित्तीय संघीयताका नाममा अमेरिकाले दिएको अनुदानबारे सरकारको धारणा माग
-
सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?