बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा मोदीको विरोधमा उत्रिएका १३ जनाको मृत्यु

सोमबार, १६ चैत २०७७, ११ : १२
सोमबार, १६ चैत २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ । अतिवादी धार्मिक समूह हिफाजत ई  ईस्लामले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा आइतबार थप दुुई जना मारिएका हुन् । 

बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याइएपछि यो समूह आक्रोशित बनेको थियो । 

भारतमा मुस्लिम समुदायमाथि दमन गर्ने मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याउनुु गलत भएको भन्दै उसले सरकारको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शुक्रबार ५ र शनिबार ६ जनाको मृत्यु भएको थियो ।  

१६ करोड ८० लाख जनसंख्या रहेको बंगलादेशमा पछिल्ला दिन धेरै स्थानमा निरन्तर प्रदर्शन भइरहेको छ र यसैक्रममा आइतबार १९ वर्ष र २३ वर्षका दुुई युवा प्रहरीको गोली लागेर मारिएका हुन् । 

‘प्रदर्शनकारीहरुले राजमार्गमा रहेको प्रहरी चौकीमा आक्रमण गरे । उनीहरुले जसलाई घेरा हालेर कम्तिमा ३५ प्रहरीलाई घाइते बनाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो,’ प्रहरी प्रवक्ताले भनेका छन् । 

हिफाजतका समर्थक झन्डै ३ हजार प्रदर्शनकारीले राजमार्ग बन्द गरेको र प्रहरीलाई ढुुंगा र ईटाले हिर्काएको उनले जानकारी दिए । 
गृहमन्त्री असजुुद्दामान खानले प्रदर्शन नरोकिए थप कारबाही हुने धम्की दिएका छन् । ‘हाम्रो सुरक्षा फौजले धैर्यताका साथ यसलाई नियालिरहेको छ । यदी, यस्तो अवस्था रोकिएन भने हामी आवश्यक कदम चाल्नेछौं,’ उनले भनेका छन् । 

बंगलादेशले स्वतन्त्रता दिवस मनाइरहदाँ मानवअधिकारवादी समूहहरुले सरकारको आलोचना गरेका छन् । उनीहरुले बंगलादेशमा निरङ्कुशता, बेपत्ता पार्ने कार्य र गैरन्यायिक हत्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी समूह, बामपन्थी र अन्य राजनीतिक समूहहरुले पनि शुक्रबार र शनिबार मोदीको भ्रमणको विरोधमा प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप