बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभिषेक बच्चनका कारण होली खेल्न डराउँछन् करण जोहर, १० वर्षको उमेरदेखि अहिलेसम्म खेलेका छैनन् होली

सोमबार, १६ चैत २०७७, १० : २३
सोमबार, १६ चैत २०७७

बलिउड फिल्ममा जति धुमधाम तरिकाले मानिसहरु होलीको रङ्गीन पर्व मनाइरहेका देखिन्छन् त्योभन्दा पनि निकै धेरै मनोरञ्जनले भरिपूर्ण होली बलिउड सेलिब्रिटीको घरमा खेलिन्छ । होली पार्टीको ट्रेन्ड राज कपुरबाट सुरु भएको थियो । राज हरेक वर्ष होलीको मौकामा आफ्ना नजिकका साथी, परिवारका सदस्य र इन्डष्ट्रिका मानिसहरुलाई आरके स्टूडियोमा जम्मा गर्दथे र त्यहाँ निकै धेरै मस्ती गरिन्थ्यो । राज कपुरपछि यो चलनलाई अमिताभ बच्चन र थुप्रै वरिष्ठ कलाकारले अघि बढाए ।

अमिताभ बच्चनको घरमा हरेक वर्ष होली पार्टी राखिन्थ्यो जहाँ थुप्रै सेलिब्रिटी सँगै मिलेर होली मनाउने गर्दथे । तर यो पार्टीको एउटा घटनाका कारण चर्चित फिल्म निर्माता आजपनि होली खेल्न हिच्किचाउँछन् । के थियो त्यो किस्सा ?

बाल्यकालमा होली खेल्न बिग बीको घर जान्थे करणः

करण जोहरले एक अन्तरवार्ताका बेला होली नखेल्ने कारण बताएका थिए । वाल्यकालमा उनी अमिताभ बच्चनको घरमा आयोजना हुने होलीको ग्रान्ड पार्टीमा जाने गरेको उनले बताए । जब करण १० वर्षका थिए तब आफ्नो परिवारसँग अमिताभ बच्चनको घरमा पुगेका थिए ।

करणलाई होलीको रङ लगाउन फिटिक्कै मन पर्दैनथ्यो । उनले यो कुरा सबैलाई बताउनै लागेका थिए तर करण घरमा प्रवेश गर्ने बित्तिकै अभिषेकले चकचक गर्दै उनलाई धक्का दिएर पूलमा खसालिदिएका थिए । यो घटनाले करणलाई यति विचलित बनाएको थियो कि होली खेल्न उनलाई असाध्यै डर लाग्न थालेको थियो ।

रङबाट बच्नका लागि भएको थियो करणको झडपः

करणका अनुसार होली नखेल्ने उनीसँग थुप्रै कारण छन् । योमध्ये एउटा कारण हो वाल्यकालमा भएको झडप । करणका अनुसार ६–७ वर्षको उमेरमा केही बच्चाले उनलाई सिल्भर पेन्ट लगाउन पिछा गरेका थिए । जब करण उनीहरुबाट बच्न भागे तब उनी बेस्सरी लडे । यो कुराको विषयमा करणको ती बच्चाहरुसँग मज्जाले झगडा भयो र उनले त्यस दिनदेखि होली नखेल्ने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप