शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा संसारकै सर्वाधिक कोरोना संक्रमित भारतमा भेटिए

सोमबार, १६ चैत २०७७, ०९ : ५८
सोमबार, १६ चैत २०७७

भारतमा कोरोनाको दोस्रो लहर तीब्र हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा संसारमा सर्वाधिक संक्रमित भारतमा भेटिएको छ । यहाँ आइतबार ६८,२०७ संक्रमितको पहिचान भएको छ । यहाँ आँकडा पछिल्लो १६९ दिनको सबैभन्दा बढी हो । यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४,४१८ संक्रमित भेटिएका थिए । यस्तै यो अवधिमा ३२,१४९ संक्रमित निको भएका छन् र २९५ को मृत्यु भएको छ ।

यता सक्रिय संक्रमितको आँकडा पनि लगातार बढ्दै गइरहेको छ । भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको आँकडा पाँच लाख पार भएको छ । हाल यहाँ ५ लाख १८ हजार ७६७ संक्रमितको उपचार चलिरहेको छ । यसअघि अघिल्लो वर्ष ९ नोभेम्बरमा देशमा ५ लाख ४ हजार ८७३ सक्रिय संक्रमित थिए ।

भारतमा हालसम्म १.२० करोड मानिस यो महामारीको चपेटमा आएका छन् । यीमध्ये करिब १.१३ करोड निको भइसकेका छन् । १.६१ लाख बिरामीले ज्यान गुमाएका छन् । हाल ५.१८ लाख बिरामीको उपचार चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप