शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको दोस्रो लहर र नेपालले अपनाउनुपर्ने सावधानी

सोमबार, १६ चैत २०७७, ०७ : ३४
सोमबार, १६ चैत २०७७


 

छिमेकी राष्ट्र भारतका केही प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ सङ्क्रमित बढेको तथ्यले नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर आउने निश्चित छ ।

तर, यसलाई नियन्त्रण गर्न नेपालको स्वास्थ्य सेवा, क्षमता र मनोबल पहिलेको भन्दा सुदृढ भएको छ । त्यसलाई कोरोनाविरुद्धको खोपले थप सहयोग पु¥याएको छ । सम्भाव्य दोस्रो लहरप्रतिको सतर्कता र तयारीमा पनि स्वास्थ्य मन्त्रालयले पहल लिएको देखिन्छ ।

 


अहिलेको अवश्यकता भनेको हिजो अपनाइएका र अपनाउन छुटेका प्रभावकारी उपायहरूलाई सरकार र आम नागरिकले अविलम्ब अवलम्बन गर्नु हो ।

दोस्रो लहरको सामना गर्ने मूल रणनीति पहिलेझैँ ‘ब्रेक द चेन, स्ट्याम्प द फायर’ नै हुनुपर्छ । अर्थात् सङ्क्रमणको शृङ्खलालाई भङ्ग गरी बिस्तारित हुन नदिने र जहाँ सङ्क्रमितहरू फेला परेका छन्, त्यहाँ टेस्ट, ट्रेस र ट्रिटको अभियानलाई तीव्रता दिएर सङ्क्रमितहरूलाई समुदायको सम्पर्कबाट हटाउने हो ।

काठमाडौँजस्तो अत्यधिक सङ्ख्या डेरामा बस्ने मानिसहरु भएको ठाउँमा हिजोको गल्तीको मूल कारण अस्पतालमा कोभिडका रोगीहरूका लागि यथेष्ट बेड नहुनु हो । होम आइसोलेसनमा बस्न नसक्नेहरूका लागि सामुदायिक आइसोलेसन केन्द्रहरूको कमी थियो । साथै, रोगीहरु यथाशीघ्र अस्पताल पुग्नका लागि यातायातको पनि ठूलो समस्या रह्यो ।

भौतिक दूरी, मास्कको प्रयोग, साबुनपानीले हात धुने र सेनिटाइजर प्रयोग गर्ने ‘ब्रेक द चेन’को निरोधक पक्ष हो भने परीक्षण, सम्पर्क व्यक्तिको पहिचान र उपचार कोरोनाको लक्षण देखापरेका व्यक्तिहरूको व्यवस्थापन हो ।

त्यसका साथै अब समस्याको सही चरित्र ठम्याउन अनुसन्धानको पक्षलाई पनि सँगसँगै लैजानुपर्ने छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वस्थ्य अनुसन्धान परिषद्ले यसबारे ध्यान दिनु आवश्यक छ ।

उदाहरणका लागि अहिले काठमाडौँ र कास्की जिल्लामा सङ्क्रमित बढेको देखिन्छ । सरकार र डब्ल्यूएचओले यो बढेको सङ्ख्या बाहिरबाट आयातीत व्यक्तिहरू हुन् कि भित्रकै समुदायमा फेला परेका हुन्, छुट्याएर जानकारी दिनुपर्छ । बाहिरबाट आएका व्यक्तिहरूको मात्रै हो भने सङ्क्रमण छिटो नियन्त्रण हुन सक्छ । समुदायभित्रै बढ्न थालेको हो भने रोकथाम, परीक्षण, क्वारेन्टाइन र आइसोलेसनदेखि अस्पतालको उपचार क्षमतासम्म सबैलाई ‘हाई अलर्ट’मा राख्नुपर्ने छ ।

अक्सिजन र उपचारका लागि प्रयोग हुने औषधिको स्टक त्यसभित्र पर्छन् । हिजो सङ्घीयदेखि स्थानीय वडा स्तरसम्म परिचालन हुँदा पनि व्यवस्थापनको कमजोरीले सङ्क्रमणको मूल थलो काठमाडौँ उपत्यका बनेको थियो । अहिलेको सरकारले त्यही गल्ती दोहोर्‍याउनु हुँदैन ।

बढिरहेको सङ्क्रमणमा कोभिडको नयाँ प्रजाति फेला परेको छ कि छैन त्यो पनि चासोको विषय हुने नै छ । तथापि नयाँ प्रजातिका लागि पनि नियन्त्रणको रणनीति उही नै हो ।

वीरगञ्ज, पर्साले निजी अस्पतालहरूलाई कोरोना विशेष अस्पताल बनाएर यथेस्ट बेड उपलब्ध गराएको थियो । त्यहाँ सामुदायिक आइसोलेसन केन्द्रहरू पनि त्यति धेरै खोल्नुपरेन । सीमावर्ती जिल्ला भए पनि होम आइसोलेसनमा बसेकाहरूको राम्रो सुपरिवेक्षण र अस्पताल सेवाबाट पर्सा कोभिड नियन्त्रण गर्न छिट्टै सफल भयो ।

काठमाडौँजस्तो अत्यधिक सङ्ख्या डेरामा बस्ने मानिसहरु भएको ठाउँमा हिजोको गल्तीको मूल कारण अस्पतालमा कोभिडका रोगीहरूका लागि यथेष्ट बेड नहुनु हो । होम आइसोलेसनमा बस्न नसक्नेहरूका लागि सामुदायिक आइसोलेसन केन्द्रहरूको कमी थियो । साथै, रोगीहरु यथाशीघ्र अस्पताल पुग्नका लागि यातायातको पनि ठूलो समस्या रह्यो । यिनै कारणहरूले गर्दा रोगीहरूले उपचारका लागि भांैतारिनुपर्ने स्थिति उत्पन्न भयो ।

काठमाडौँ जस्तो प्रशस्त निजी अस्पताल भएका ठाउँमा पनि सरकारले धेरै कोभिड विशेष अस्पताल बनाउन सकेन । त्यसो गर्नुको सट्टा सबै अस्पतालहरूमा कोभिड केसहरुलाई उपचार गर्नुपर्ने बाध्यात्मक स्थिति उत्पन्न ग¥यो ।

त्यसैले, काठमाडौँमा एकातिर बेड पाउन नसक्ने स्थितिले गर्दा शङ्कास्पद लक्षण भएकाहरूको परीक्षण कार्यमा ढिलासुस्ती हुन थाल्यो भने अर्कोतिर अस्पतालहरू आफैं सङ्क्रमणको थलो हुन थाले । त्यहाँ कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूलाई मात्रै पनि शुक्रराज ट्रपिकल अस्पतालसँग दाँजेर हेर्दा अत्यन्तै धेरै सङ्ख्यामा सङ्क्रमित भएको पाउँछौँ ।

सरकारको यस्तो तयारीसँगै नागरिक वा समुदायको सहयोग जोडिन पुगेमा नियन्त्रणमा तीव्रता आउने छ । कोही व्यक्ति सङ्क्रमित छ कि छैन भनेर पहिचान गर्नका लागि शङ्कास्पद व्यक्तिहरूको सूचना प्राप्त गर्न सबै उपभोक्ता समिति र टोल समितिहरु सक्रिय हुनु त्यसको प्राथमिक सर्त हो ।

उपचारलाई कोरोना विशेष अस्पतालमा सीमित गरियो भने कस्तो उपलब्धि हुने रहेछ भन्ने उदाहरण शुक्रराज ट्रपिकल अस्पताल हो । त्यहाँका रोगीले पनि राम्रो उपचार पाए र स्वास्थ्यकर्मीहरू पनि सुरक्षित रहे । त्यसैले, दोस्रो लहरको सामना गर्न आवश्यक परेका ठाउँमा केही सरकारी र निजी अस्पताललाई कोरोना विशेष अस्पताल बनाएर जानु सही नीति हुनेछ ।

 


स्मरणीय छ, वीरगञ्ज, पर्साले निजी अस्पतालहरूलाई कोरोना विशेष अस्पताल बनाएर यथेस्ट बेड उपलब्ध गराएको थियो । त्यहाँ सामुदायिक आइसोलेसन केन्द्रहरू पनि त्यति धेरै खोल्नुपरेन । सीमावर्ती जिल्ला भए पनि होम आइसोलेसनमा बसेकाहरूको राम्रो सुपरिवेक्षण र अस्पताल सेवाबाट पर्सा कोभिड नियन्त्रण गर्न छिट्टै सफल भयो ।

अहिले पनि पर्सामा केस बढेको देखिएको छैन । पर्साबाट काठमाडौँले शिक्षा लिने भनेको यही व्यवस्थापनबाट हो । काठमाडौँलाई सुरक्षित बनाउन सकियो भने कोरोनाको ग्राफलाई उकालो लाग्नुअघि नै लम्पसार बनाउन सकिन्छ ।

सरकारको यस्तो तयारीसँगै नागरिक वा समुदायको सहयोग जोडिन पुगेमा नियन्त्रणमा तीव्रता आउने छ । कोही व्यक्ति सङ्क्रमित छ कि छैन भनेर पहिचान गर्नका लागि शङ्कास्पद व्यक्तिहरूको सूचना प्राप्त गर्न सबै उपभोक्ता समिति र टोल समितिहरु सक्रिय हुनु त्यसको प्राथमिक सर्त हो ।

हरेक वडा नेतृत्वले आफ्नो वडामा रहेका सङ्क्रमितहरूको हेरचाहप्रति उत्तरदायित्व वहन गर्नु उनीहरूलाई आवश्यक परे तत्काल अस्पतालको व्यवस्था गर्ने जिम्मा लिनुपर्नेछ । यी तयारी गरिएको खण्डमा लकडाउनको आवश्यकता पर्ने छैन । गर्नुपर्ने तयारी नगरेर बन्दबन्दीको मात्रै राग अलापेमा त्यसको अवज्ञा हुने पनि निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. महेश मास्के
डा. महेश मास्के

मास्के चीनका लागि पूर्व नेपाली राजदुत हुन् ।

लेखकबाट थप