शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा दिउँसो सय बढीको नरसंहार, राती सैनिक कमाण्डरहरुको भव्य पार्टी !

आइतबार, १५ चैत २०७७, २३ : १४
आइतबार, १५ चैत २०७७

काठमाडौं । शनिबार म्यानमारका सेनाले प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेको छ । सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको हो ।

म्यानमारको सेनाको उक्त हिंस्रक दमनको विश्वव्यापी रुपमा कडा आलोचना भैरहेको छ । शनिबार दिउँसो त्यति धेरै प्रदर्शनकारीहरू मारिए पनि बेलुका म्यानमारका सैनिक जनरलहरू भव्य पार्टीमा रमाइरहेका खबर र तस्बिरहरु सार्वजनिक भैरहेका छन् ।

बीबीसीका अनुसार सशस्त्र बल दिवसका दिन भएको उक्त नरसंहारको बेवास्ता गर्दै म्यानमारका सैनिक कमाण्डरहरु बेलुका भव्य पाटीमा रमाइरहेको तस्बिरमा देख्न सकिन्छ । शनिबार एकैदिन फेबु्रअरीमा सेनाले सत्ता कब्जा भएयताकै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको पहिलो घटना हो । सैनिक कमाण्डरहरुको पाटी सशस्त्र बल दिवसको अवसरमा आयोजना गरिएको हो वा अन्य कुनै विशेष कार्यक्रम हो भन्ने कुरा भने खुलेको छैन ।

आइतबार पनि सेनाले एक मृतकको अन्तिम संस्कारमा सहभागी भएकाहरूमाथि गोली चलाएको छ । उक्त गोली काण्डमा कति जना हताहत भए भन्ने खबर बाहिर आइसकेको छैन । तर आइतबारकै अर्को एक  ठाउँमा सेनाले गोली चलाउँदा  २ जनाको मृत्यु भएको छ ।

म्यानमारमा फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेयता भएका झडपमा परेर ४ सय बढी प्रदर्शनकारीहरूको मृत्यु भैसकेको छ । म्यानमारको सेनाको हिंस्रक दमनको विश्वव्यापी रुपमा कडा आलोचना भैरहेको छ । सेनाले सत्ता कब्जा गरेलगत्तै प्रजातन्त्रवादी नेतृ आङ सान सुकी लगायतलाई नजरबन्दमा राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप