बेलायतमा तीन करोड बढीले लगाए खोपको पहिलो डोज
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या धेरै समयपछि १९ जनामा झरेको छ । यो संख्या गत सेप्टेम्बर २० पछिका आइतबार मध्येकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५९२ पुगेको छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८६२ नयाँ संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख ३३ हजार ४२ पुगेको हो । संक्रमित संख्या पनि निकै लामो समयपछि चार हजारभन्दा तल झरेको हो ।
बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।
शुक्रबारसम्मको तथ्याँक अनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६१५ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३४३ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।
बेलायतमा कोरोना विरुद्धको खोपको पहिलो डोज लिनेको संख्या तीन करोड नाघेको छ । यसैगरी हालसम्म तीन करोड ३६ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ३६ लाख ७८ हजार ७६८९९३ डोज खोप वितरण भएको हो ।
बेलायतमा तीन करोड १५ लाख १ हजार २८७ जनाले पहिलो र दोस्रो डोज लिनेको संख्या ३५ लाख २७ हजार ४८१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला