मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माइती नेपालसँगको सहकार्यमा भारतीय दूतावासको कार्यक्रम

आइतबार, १५ चैत २०७७, २१ : १९
आइतबार, १५ चैत २०७७

काठमाडौँ । भारतीय दूतावासले अनुराधा कोइराला नेतृत्वको गैरसरकारी संस्था माइती नेपालसँगको सहकार्यमा शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल ओमेन हाइक’ कार्यक्रम आयोजना गरेको छ ।

बेचबिखनमा परेका पीडित महिलाहरुको उद्दार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पु¥याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।

‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ सो कार्यक्रम भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत आयोजना गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकी पत्नी पुजा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थी वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरिन् ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ । सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप