इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती बम आक्रमण
आइतबार, १५ चैत २०७७, १६ : ०५

जकार्ता । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ ।
राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए । उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०ः३० बजे भएको थियो ।
मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए, तर गिर्जाघरका सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार