मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती बम आक्रमण

आइतबार, १५ चैत २०७७, १६ : ०५
आइतबार, १५ चैत २०७७

जकार्ता । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ ।  इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ । 

राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए । उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०ः३० बजे भएको थियो ।

मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए, तर गिर्जाघरका सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप