होली कार्यक्रममा कडाइ, रात्री क्लबको भिडमा प्रशासनको आँखा पुगेन

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले होलीको अवसरमा कार्यक्रम आयोजना गर्न दिएको छैन । आइतबार पहाडी जिल्लामा होली मनाउँदै छ । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई पक्राउ गर्न सवै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले रातोपाटीलाई बताए ।
गृह मन्त्रालयको निर्देशनपछि सार्वजनिक रुपमा होली खेल्ने कार्यक्रम र कन्सर्ट आयोजनामा रोक लगाएको स्थानिय प्रशासनले कठमाडौं नाइट क्लबहरूमा हुने भीडभाडमा चाहिं ध्यान दिएको छैन् । काठमाडौं उपत्यकाका रात्रि व्यवसायमा हुने भिड नियन्त्रणबारे स्थानिय प्रशासनले कुनै चासो देखाएको छैन । काठमाडौंका ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रका रात्री क्लबमा सयौंको संख्यामा मानिस भेला हुने गरेका छन् । विगत वर्षमा ठमेलमा लाखौंको संख्यामा मानिस भेला भएर नयाँ वर्ष र होली जस्ता कार्यक्रममा रम्ने गरेका थिए ।
आइतबार साँझ काठमाडौंका रात्रि क्लबमा हुने सम्भावित भीडभाडबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारीले भने– ‘भिडभाड हुन नदिने निर्देशन छ, त्यसबारे म प्रहरीसँग कुरा गरौंला ।’ रात्रि क्लबमा भिडभाड गरेर मनाउने ‘होली साँझ’बारे लचिलो बनेका काठमाडौंका प्रजिअ अधिकारीले सोमबारदेखि अनुगमन गर्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘क्लबमा हुने कार्यक्रम बन्द गर्न भनिएको छैन तर, भोलिबाट अनुगमन गर्न लगाउँछु ।’
सार्वजनिक कार्यक्रम गर्न अन्तिम अवस्थामा रोक लगाएको भन्दै इभेन्ट मेनेजरहरुले गुनासो गरेका छन् । ‘कसैलाई काखा कसैलाई पाखा गरियो’ अमा इभेन्ट प्रालिका सौरव केसीले भने–‘लगानी गरिसकेपछि ३ दिनअघि मात्रै कार्यक्रम क्यान्सिल गर्नुभो, हाम्रो लगानी त डुब्यो नि ।’
कोरोना संक्रमणको जोखिम बढ्न थालेपनि राष्ट्रिय खेलकुद परिषद्ले रंगशालामा थ्री नेशन्स कप फुटबल आयोजना गरेको छ । आइतबार त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको यु–२३ टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । रंगशालामा फुटबल हेर्न ठुलो संख्यामा दर्शक सहभागी हुने गरेका छन् ।
संक्रामक रोग ऐन–२०२० अनुसार सरकारको निर्देशन अपहेलना गरेमा १ महिना कैद र १ सय रुपैयाँ जरिवाना हुने कानुनी ब्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पार्नेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन
-
नयाँ वर्षमा स्वयम्भूमा चहलपहल (तस्बिरहरु)
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’