बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीलाई  ५ सय घुस दिन खोज्ने पक्राउ

आइतबार, १५ चैत २०७७, १३ : २२
आइतबार, १५ चैत २०७७

काठमाडौं । घुस दिन खोज्ने मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–५ घर भएका १८ वर्षीय मन्दिल श्रेष्ठ छन् । कमलादी चोकबाट बा.८५ प २०६५ नम्बरको बुलेट मोटरसाइकल चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्न खटिएका ट्राफिक प्रहरी जवान संजिव कुमार यादवलाई पाँचसय घुस दिएपछि उनलाई पक्राउ गरिएको हो । चाबहिल बस्दै आएका मन्दिलले बुलेट मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप