शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्मा कपुरको अक्षय खन्नासँग विवाह गराउन चाहन्थे रणधीर कपुर, अब गरिसकेका छन् जीवनभरी अविवाहित बस्ने निर्णय

आइतबार, १५ चैत २०७७, ११ : ३८
आइतबार, १५ चैत २०७७

हंगामा, हलचल र दिल चाहता है जस्ता निकै चर्चित फिल्ममा अभिनय गरिसकेका अक्षय खन्ना आज (मार्च २८) मा ४६ वर्ष पुगिसकेका छन् । अक्षयले सन् १९९७ मा मल्टिस्टारर फिल्म हिमालय पुत्रबाट बलिउडमा पहिलो कदम राखेका थिए । पिता विनोद खन्ना, हेमा मालिनी, सतिश कौशिक र जोनी लिवर स्टारर यो फिल्मले बक्स अफिसमा त निराशाजनक प्रदर्शन गर्यो तर अक्षयको अभिनयको अत्यधिक तारिफ गरियो ।

पहिलो फिल्मका लागि उनले स्टार स्क्रिनको बेस्ट मेल डेब्यूको अवार्ड पाएका थिए । थुप्रै हिट फिल्ममा अभिनय गर्ने अक्षयले करियरमा त सफलता हासिल गरे तर उनको नीजि जीवनमा अहिले पनि एक जीवनसाथीको कमी छ । अक्षयको जन्मदिनको विशेष मौकामा उनीबारे केही जानकारी प्राप्त गरौं ।

बन्न सक्थे कपूर खानदानका ज्वाईंः

४६ वर्षको उमेरमा पनि अविवाहित रहेका अक्षय खन्ना कपूर खानदानका ज्वाईं बन्न सक्थे । फिल्मी बिटको खबर अनुसार करिश्माका पिता उनकी छोरीको विवाह अक्षय खन्नासँग होस् भन्ने चाहन्थे त्यसैले उनले विनोद खन्नालाई यसबारे प्रस्ताव पनि राखेका थिए । त्यतिबेला करिश्माले एकपछि अर्को हिट फिल्म दिइरहेकी थिइन् ।

करिश्माकी आमा बबिता छोरीको करियरमा कुनै अड्चन नआओस् भन्ने चाहन्थिन् त्यसैले उनी यो सम्बन्धमा खुसी थिइनन् । बबिताको यो निर्णयका कारण यी दुईको विवाहको कुरा अघि बढ्न सकेन । पछि करिश्माको नाम अभिषेकसँग जोडियो । अभिषेककी आमा जया बच्चन विवाहपछि करिश्माले फिल्ममा अभिनय नगरुन् भन्ने चाहन्थिन् जसका कारण उनीहरुको सम्बन्ध पनि टुट्यो । जहाँ करिश्माले सञ्जय कपूरसँग सम्बन्धविच्छेद गरिसकेकी छिन् भने अक्षय आज पनि अविवाहित छन् ।

किन विवाह गर्न चाहँदैनथे अक्षय ?

एक अन्तरवार्तामा अक्षयलाई उनको विवाहबारे प्रश्न सोध्दा नायकले स्पष्ट रुपमा आफूले कहिले पनि विवाह नगर्ने बताएका थिए । यसको कारण बताउँदै उनले भने, ‘मलाई एक्लै बस्न मनपर्छ । म केही समयका लागि कुनै सम्बन्धमा रहन त सक्छु तर लामो समयसम्म कुनै पनि सम्बन्धलाई चलाउन सक्दिनँ । यसका साथै मलाई बच्चा मन पर्दैन । यो पनि विवाह नगर्नुको एउटा कारण हो ।’

करियरमा देखे थुप्रै उतार–चढावः

अक्षय खन्नाले आफ्नो सुरुवाती करियरमा ताल, बोर्डर र हमराजजस्ता फिल्ममा अभिनय गरे तर उनले कुनै ठूलो सफलता हासिल गर्न सकेनन् । बिस्तारै अक्षयलाई टाइपकास्ट गर्न थालियो । उनले एकै किसिमका भूमिका र फिल्म पाउन थाले । सन् २००८ को फिल्म रेसका लागि अक्षयले निकै तारिफ पाए तर यो तारिफ लामो समय रहन सकेन । सन् २०१० मा अक्षयका तीन फिल्म नो प्रब्लम, तीस मार खान र आक्रोश रिलिज भयो र तीनै फिल्म बक्स अफिसमा फ्लप साबित भयो । सन् २०१२ पछि अक्षयको हातमा चार वर्षसम्म कुनै फिल्म लाग्न सकेन । त्यसपछि उनले ढिशूम फिल्ममार्फत् सन् २०१६ मा कमब्याक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप