शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा पाइला–पाइलामा चेकिङ, तस्विरमा हेर्नुहोस्

आइतबार, १५ चैत २०७७, ११ : २७
आइतबार, १५ चैत २०७७

काठमाडौं । आज काठमाडौँमा उपत्यकामा बाहिर निस्कँदै हुनुहुन्छ भने लाइसेन्स, ब्लूबुक सबै बोकेर मात्र निस्कनु होला । किनभने होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि  रोक्न काठमाडौं उपत्यकाका ८५ ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा होली मनाउँदा दुर्घटना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

८५ देखी ९० वटा चेक प्वाइन्टमा बिहानैदेखि मापसे परीक्षण शुरु गरिएको एसपी अधिकारीले बताएका छन् । जबर्जस्ती रंग दल्ने र लोला फाल्नेलाई प्रहरीले पक्राउ गर्नेगरी महानगरीय प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप