बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए

आइतबार, १५ चैत २०७७, १० : ५४
आइतबार, १५ चैत २०७७

भारतमा महिनौंपछि लगातार दोस्रो दिन २४ घण्टामा ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । अघिल्लो दिन भारतमा ६२,६३२ नयाँ संक्रमित भेटिए । यो पछिल्लो १६४ दिनको सबैभन्दा धेरै हो । यसअघि १५ अक्टोबरमा ६३,४४१ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा २८,७२८ जना निको भएका छन् भने यो वर्ष पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्या बढेर ३१२ भएको छ ।

यस्तै कोरोनाका बढ्दो संक्रमणका बीच आज मध्यप्रदेशका १२ शहरमा लकडाउन गरिएको छ । यहाँ शनिबार राती १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टाको लकडाउन रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप