शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

शनिबार, १४ चैत २०७७, २३ : १२
शनिबार, १४ चैत २०७७

एजेन्सी ।  कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ ।  यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ । 

यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ ।  यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ । यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप