अन्तर शहर चेस प्रतियोगिताको उपाधि हेटौंडालाई
हेटौंडा । हेटौंडा उपमहानगरपालिका देशव्यापी ‘अन्तर शहर बुद्धिचाल (चेस) प्रतियोगिता’को उपाधि हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा आयोजक हेटौंडाले दोलखा जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
हेटौंडाले १३ अंकसहित उपाधि हात पारेको हो भने १२ अंकका साथ दोलखा दोस्रो स्थानमा सिमित रह्यो । १८ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा ललितपुरका ३ वटा टिमले क्रमशः तेस्रो, चौथो र पाँचौ स्थान हासिल गरे ।
ललितपुरको ललितपुर महानगरपालिकाले प्रतियोगितामा १० अंकका साथ तेस्रो, ललितपुर खेलकुद क्लबले ९ अंकका बटुल्दै चौथो र महालक्ष्मी नगरपालिकाले ८ अंकका साथ पाँचौ स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम हुँदै हेटौंडाले नगद २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ भने दोस्रो स्थानको दोलखाले १ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
तेस्रो स्थान हासिल गरेको ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ चौथो हुने ललितपुर खेलकुद क्लबले ३० हजार रुपैयाँ र पाचौं भएको महालक्ष्मी नगरपालिका २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्दै नुवाकोटको विदुर नगरपालिकाका तर्फबाट एक नम्बर बोर्डमा खेलेका आश्चर्य चौधरी, २ नम्बर बोर्डमा खेलेका दोलखाका मनिष हमाल, ३ नम्बर बोर्डमा खेलेका हेटौंडाका सुरविर लामा, ४
नम्बर बोर्डमा खेलेका हेटौंडाका रुपेश जैसवाल र ५ नम्बर बोर्डमा खेलेका हेटौंडाका क्षितिज भण्डारीले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजना तथा बागमती प्रदेश बुद्धिचाल संघको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा पुरस्कार वितरण गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले खेलकुद क्षेत्रको विकासका लागि पुर्वाधार निमार्णको कामलाई प्राथमिकतामा राखेर अगाडी बढाउने बताए ।
उनले हेटौंडाको खेल क्षेत्रलाई देशकै उत्कृष्ट बनाउन लगानी व्यवस्थापनको कामलाई आफुले अगाडी सारेको उनले बताए ।
खेल क्षेत्र र खेलाडीहरूको विकासका लागि वृहत रुपमा खेलकुदका कार्यक्रम तथा प्रशिक्षणहरु आयोजना गरी हेटौंडालाई देशमा नै अग्रस्थानमा ल्याइने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी