प्रचण्डले महन्थलाई भने–हामी मिलौँ, तपाईं सरकारको नेतृत्व गर्नुस्
शनिबार, १४ चैत २०७७, १६ : २३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई मिलेर सरकार बनाउन आग्रह गरेका छन् ।
शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन’ को कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थ ठाकुरलाई भने, ‘हामी मिलौँ, हप्ता दश दिनमा तपाईं सरकारको नेतृत्व गर्नुस्, र सबै माग पुरा गर्नुस् । ओली कहाँ किन धाइ रहनु भएको छ ?’
तपाईले मलाई चिन्नु नै भएको छ, उनले महन्थ ठाकुरलाई भने, मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुन नदिएको कुरा पनि तपाईंलाई थाहा छ । अनि दिनका दिन उहाँ कहाँ किन धाइ रहनु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?
-
विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण
-
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै
-
अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’