शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारको प्रदर्शनमा म्यानमारमा सुरक्षाबलले १६ प्रदर्शनकारीलाई गोली हाने

शनिबार, १४ चैत २०७७, १३ : ५७
शनिबार, १४ चैत २०७७

शनिबार म्यानमारको सेनाले १६ प्रदर्शनकारीलाई गोली हानेको समाचार एजेन्सी रोयटर्सले केही प्रत्यक्षदर्शी र स्थानीय मिडियामा प्रकाशित रिपोर्टलाई आधार बनाएर लेखेको छ ।

म्यानमारमा १ फेब्रुअरीमा भएको सैन्य कूपछि स्थानीयले भिन्न–भिन्न शहरमा प्रदर्शन गरिरहेका छन् ।

अपदस्थ सांसदद्वारा बनाइएका सीआरपीएच नामक समूहका प्रवक्ता डाक्टर सासाले एक अनलाइन पोर्टलसँगको कुराकानीमा भने, ‘आज म्यानमारको सशस्त्र बलका लागि एउटा लज्जाको दिन हो । सैन्य शासकले ३०० भन्दा बढी निर्दोष नागरिक मारेपछि सशस्त्र सेना दिवस मनाइरहेको छ ।’

शनिबार यंगून शहरमा एक प्रहरी स्टेशन बाहिर प्रदर्शन गरिरहेकालाई सुरक्षा बलले गोलीबारी गर्दा चारजनाको मृत्यु भएको छ । यो घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।

एक अन्य शहरमा प्रहरीले तीनजनालाई गोली हाने जसमा एक युवक पनि थिए जो स्थानीय अन्डर–२१ फुटबल टीमका लागि खेल्दथे ।

यसबाहेक म्यानमारका लाशियो, बागो र होपिनमा पनि यस्तै प्रकारका घटना भए । यसमा कम्तीमा १६ प्रदर्शनकारी शनिबार मारिए ।

शनिबार नै म्यानमारका सैन्य प्रमुखले एक टिभी प्रसारणमा भने, ‘हामी जनतासँग हात मिलाउन चाहन्छौं ता कि देशमा लोकतन्त्रको सुरक्षा गर्न सकियोस् । देशमा भइरहेको हिंस्रक घटनाले जसलाई म्यानमारको स्थिरता र मानिसहरुको सुरक्षालाई प्रभावित गरिरहेको छ, त्यसमार्फत् अनावश्यक माग राखिएका छन् ।’

एक मुख्य सामाजिक संगठनका अनुसार म्यानमारमा सेनाविरुद्ध प्रदर्शनको क्रममा हालसम्म ३२८ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप