अलविदा नवीन्द्रराज जोशी ! सानेपामा चढाइयो सम्झनाको फूल (फोटोफिचर)
शुक्रबार निधन भएका काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन सभामुख, विभिन्न दलका नेता, शुभेच्छुक तथा आफन्तको भीड लागेको छ । स्वर्गीय जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शनिबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिएको काँग्रेसले जनाएको छ ।
जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ सानेपा पुगेका थिए ।
यस्तै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहितका मन्त्रीहरु, सांसद, काँग्रेस नेता तथा कार्यकर्ता र आफन्तपनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानेपा पुगेका थिए । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
मष्तिष्क घातका कारण निधन भएका जोशी इमान्दार र निष्ठावान नेताका रुपमा चिनिन्थे । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

