अलविदा नवीन्द्रराज जोशी ! सानेपामा चढाइयो सम्झनाको फूल (फोटोफिचर)

शुक्रबार निधन भएका काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन सभामुख, विभिन्न दलका नेता, शुभेच्छुक तथा आफन्तको भीड लागेको छ । स्वर्गीय जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शनिबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिएको काँग्रेसले जनाएको छ ।
जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ सानेपा पुगेका थिए ।
यस्तै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहितका मन्त्रीहरु, सांसद, काँग्रेस नेता तथा कार्यकर्ता र आफन्तपनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानेपा पुगेका थिए । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
मष्तिष्क घातका कारण निधन भएका जोशी इमान्दार र निष्ठावान नेताका रुपमा चिनिन्थे । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा