शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन कोरोनाका ६२ हजार बढी नयाँ संक्रमित भेटिए, सचिन तेन्दुल्कर पनि संक्रमित

शनिबार, १४ चैत २०७७, ११ : ३१
शनिबार, १४ चैत २०७७

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित  भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो ।

शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् ।

सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ ।

भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ ।

यसैबीच, पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोनाद्वारा संक्रमित भएका छन् ।

सचिनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । ४७ वर्षका सचिनले लेखेका छन्, ‘मैले कोरोनाको लगातार परीक्षण गराउँदै आएको छु । कोरोनाबाट बच्नका लागि मैले सबै आवश्यक कदम उठाएको थिएँ । यद्यपि, हल्का लक्षणसहित आज म कोरोना पोजेटिभ पाइएको छु । घरका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । मैले आफूलाई घरमा क्वारेन्टिनमा राखेको छु । डाक्टरको निर्देशन पालना गरिरहेको छु । ती सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले मलाई साथ दिनुभयो । तपाईंहरु सबैले आफ्नो ध्यान राख्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप