ad
केन्द्रीय संस्करण

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दुई महिलालाई गरिन् फोन, विशेष भन्दै नासाले गर्‍यो प्रचार

person explore access_timeचैत १४, २०७७ chat_bubble_outline0

अमेरिकी उपराष्ट्रपति कमला ह्यअरिसले एउटा विशेष फोनवार्ता गरेकी छिन्।  उनले यो फोन कल दुई​ अमेरिकी महिलालाई गरेकी हुन। शैनोन वाकर तथा  केट रोबिन्स नामक अमेरिकी महिलाद्वयसँग कमलाले गरेको कुराकानीको  प्रचार अहिले सुविख्यात अमेरिकी अन्तरिक्ष संस्था नासाले गरिरहेको छ ।

पाठकहरुलाई जिज्ञासा होला, अमेरिकी उपराष्ट्रपतिले अमेरिकी महिलालाई गरेको फोनवार्तालाई विशेष किन भनिएको हो  ? किन नासा स्वयंले यस कुराको प्रचार गरिरहेको छ ?

अमेरिकी उपराष्ट्रपतिले यी दुई महिलालाई फोन गर्दा यी दुई महिला पृथ्वीबाट झण्डै ४०० किमी माथि अन्तरिक्षमा सयर गरिरहेका थिए। कमला ह्यारिस भने अमेरिकाको आफ्नो  कार्यालय ह्वाइट हाउसमा थिइन् । कमलाले भिडियो कलको प्रारम्भमै  प्रसन्न मुद्रामा हात हल्लाउँदै भन्छिन्, ‘ग्रिटिङ्ग्स फ्रम द ह्वाइट हाउस, ह्विच इज ह्वेयर आइ एम राइट नाउ ।’

प्रत्युत्तरमा पृथ्वीदेखि ४०० किमी माथि रहेका महिलाद्वयले आफूहरुले गरिरहेको कामबारे उप राष्ट्रपतिलाई जानकारी गराउँछन्।

शैनोन वाकर १५ नोवेम्बर २०२० का दिन पृथ्वी छाडी अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेशन (ISS) मा गएकी थिइन् ।

केट रबिन्सन भने दोस्रो पटक अन्तरिक्षमा रहेको स्पेस स्टेशनमा गएकी हुन्।  यस अघि सन् २०१६ मा उनी त्यहाँ पुगेकी थिइन्। कमला ह्यारिस र यी दुई अन्तरिक्ष यात्रीबीच भएको कुराकानीको भिडियो यहाँ हेर्न सक्नुहुन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.