कोभिडको भ्याक्सिन लगाएका अभिनेता परेश रावल कोरोनाद्वारा संक्रमित, बलिउडका थुप्रै कलाकार आइसोलेसनमा
भारतमा दोस्रो लहरको कोरोना व्यापक हुँदै गइरहेको अवस्थामा मायानगरी मुम्बईको बलिउड इन्डष्ट्रि पनि यसको चपेटमा आएको छ।
हालै, लोकप्रिय कलाकार तथा भारतीय जनता पार्टीका सांसद परेश रावल कोरोना संक्रमित भएका छन्।
परेस रावलले शुक्रबारका आफ्नो ट्विटर ह्याण्डालबाट आफू कोरोनाद्वारा संक्रमित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म कोरोना संक्रमित भएको छु। विगत १० दिनदेखि मेरो सम्पर्कमा आउनु हुने जो कोही महानुभावले पनि पीसीआर टेस्ट गराउनु होला । ’
६५ वर्षीय लोकप्रिय कलाकारले कोभिड १९ विरुद्धको पहिलो डोजको भ्याक्सिन लगाइसकेका छन् । १८ दिन अघि परेश रावलले ९ मार्चका दिन भ्याक्सिनको पहिलो डोजको भ्याक्सिन लगाएका थिए।
भ्याक्सिन लिए पछि उनले यस विषयमा जानकारी दिँदै ट्वीटरमा आफ्नो फोटो पनि पोस्ट गरेका थिए ।
भारतमा दोस्रो लहरको कोरोना संक्रमण अति तीव्र रूपले फैलँदै गइरहेको छ। भारतमा कोरोना भाइरसका विभिन्न नयाँ भेरिएन्ट जस्तै ‘यूके भेरिएंट’ , ‘ब्राजीलियन भेरियन्ट’, ‘दक्षिण अफ्रीकी भेरियन्ट’ भित्रिसकेका छन् ।
यी भेरियन्टका विरुद्ध कोभिड भ्याक्सिन निष्प्रभावी रहेको समाचार आइसकेका छन् । यसका साथै, भारतमै उत्परिवर्तित भएका कोरोनाका नयाँ संस्करणलाई पनि पहिलाको तुलनामा ‘वाइल्ड’ भनिएको छ। हालै त्यहाँ डबल म्युटेन्टको कोरोना भाइरस देखिएको समाचार प्रकाशित भएको छ।
स्वास्थ्यकर्मीहरुले पहिलादेखि नै भ्याक्सिन लिएका मानिसमा पनि कोरोना संक्रमण हुनसक्ने चेतावनी दिँदै आएका छन् ।
दोस्रो लहरको कोरोनाद्वारा संक्रमित हुने कलाकारहरुमा कार्तिक आर्यन, सिद्धान्त चतुर्वेदी, अर माधवन, आमिर खान, रणवीर कपूर, मिलिन्द सोमन पनि रहेका छन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र