शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बदलिन सक्छ चीनको इतिहास

शनिबार, १४ चैत २०७७, १० : ४३
शनिबार, १४ चैत २०७७


चीनको दक्षिण पश्चिम भागमा गरिएको एउटा खोजमा पुरातत्वविदले रहस्यमय खजाना भेटेका छन् । यसको सम्बन्ध कुनै अज्ञात सभ्यतासँग रहेको अनुमान गरिएको छ । यस खजाना बारे इतिहास जान्न सकिएको खण्डमा चीनको इतिहाससमेत बदलिन सक्ने अनुमान गरिएको छ ।

पुरातत्वविदले खोजमा एउटा सुनको मुकुट प्राप्त गरेका छन् । जो प्राचिन सभ्यताको पुजारीको हुनसक्ने अनुमान गरिएको छ ।

यस  खजानाको खोज सिचुआन प्रान्तको गुआनघान स्थित शानक्सीगदुइ पुरातत्वस्थलमा गरिएको थियो । खोजबाट प्राप्त खजाना कुनै एकदमै विकसित सभ्यताको हिस्सा मानिएको छ जुन हजारौं वर्षसम्म अस्तित्वमा रहेको थियो  ।

चीनको सरकारी अधिकारी तथा खोजकर्ताका अनुसार चीनको ज्ञात इतिहासमा यस्तो कुनै सभ्यताको बारेमा उल्लेख छैन । खोजकर्ताले उक्त खोज सन् २०१९ मा शुरु गरेका थिए ।

पुरातत्वविदले यो खोजबाट सुन, पित्तल, जेड तथा हात्तिको दाँतबाट बनेको पाँचसय कलाकृति प्राप्त गरेका थिए । यो सबै कलाकृति तीन हजार वर्ष भन्दा बढी पुरानो हुनसक्ने अनुमान गरिएको छ  ।

खोजमा पुरातत्वविदले एउटा सुनको मास्क पनि प्राप्त गरेका छन् । यसलाई त्यस समयको पुजारीले लगाउने गरेको मानिएको छ । यी सबै  अवशेष ३.५ देखि १९ वर्गमिटरको क्षेत्रफलमा प्राप्त भएका छन् । यस खोजले शू सभ्यताको बारेमा महत्वपूर्ण जानकारी प्राप्त  भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप