आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले बोलायो आकस्मिक  बैठक

शुक्रबार, १३ चैत २०७७, २२ : २९
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक  बैठक बोलाएको छ । शनिबार बिहान ९ : ३० बजे  आकस्मिक बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ । यस्तै श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ ।

फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आज साँझ ८ : २४ बजे निधन भएको थियो । ​मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप