शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

दाङमा चलचित्र नगरी विकास सम्भावना छ- अभिनेता शाक्य

शुक्रबार, १३ चैत २०७७, २२ : २९
शुक्रबार, १३ चैत २०७७

दाङ । अभिनेता धिरेन शाक्यले दाङ जिल्ला चलचित्र नगरीको विकास गर्न सम्भावना भएको जिल्ला भएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शुक्रबार आयोजना गरेको गरेको विशेष साक्षात्कार कार्यक्रम उनले सो भनाई राखेका हुन् ।

‘दाङमा भौगोलिक हिसाबले केन्द्रीय राजधानीबाट धेरै टाढा भएपनि जिल्लामा चलचित्र छायाँकन गर्न सकिने धेरै ठाउँहरु रहेको छन्’ शाक्यले भने ‘अध्ययन गर्ने हो यो जिल्लालाई चलचित्र नगरी बनाउन सम्भावना रहेका धेरै ठाउँ छन् ।’

कार्यक्रममा शाक्यले फिल्म चल्ने वाताबरण राम्रो नभएसम्म निर्माण घोषणा र प्रदर्शन गर्न हतार गर्न नहुने धारणा समेत राखे । उनले अहिलेको फुर्सदको समय सिक्न र सिकाउनतिर सदुपयोग गर्नुपर्ने उनको भनाई रहेको थियो ।

चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा सम्पन्न कार्य शाक्यले आफुले वैशाखदेखि फिल्म छायाँकन तयारी गरेपछि कोरोनाको त्रास बढ्दो रहेकोले सर्न सक्ने बताए । संघका सल्लाहकार शरद रेग्मी, संस्थापक उपाध्यक्ष चेतन रेग्मी र सचिव पूर्ण केसी मुस्कानको समेत उपस्थिति रहेको कार्यक्रममा चलचित्र क्षेत्र चलायमान बनाउने विषयमा छलफल समेत भएको थियो । अभिनेता शाक्य फिल्म ‘मन्जिल’ को सुटिङका लागि दाङ आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप