‘बिहे पास’ को छायाँकन सुरु
शुक्रबार, १३ चैत २०७७, २२ : २१
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘बिहे पास’ को छायाँकन सुरु भएको छ । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । प्रवेश पौडेलको निर्देशन रहने फिल्म पूर्वका विभिन्न स्थानमा छायाँकन हुनेछ । फिल्ममा दयाहाङ र प्रकृति श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदैछन् ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह निर्मातामा ग्याल्जेन लामा हुन् । फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कम ब्याक गर्न लागेकी हुन् । म्यूजिक भिडियो हुँदै फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यस अगाडि ‘जिन्दगी रक्स’ र ‘उत्सव’ अभिनय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनको राजधानी पोखराको लेकसाइड असुरक्षित
-
सौराहाको पर्यटनमा पर्यो बस र हेलिकप्टर दुर्घटनाको असर
-
लुम्बिनीमा श्रीलंकाली पर्यटक धेरै, सडकले घटायो आन्तरिक पर्यटक
-
‘पर्यटन पूर्वाधारका लागि कति भन्यौ भन्यौ, हाम्रो कुरा कसले मान्ने ?’
-
अर्थतन्त्र र समाजमा पर्यटनको ‘चेन इफेक्ट’
-
पर्यटन दशक मनाइरहेको सरकार भद्रगोल पूर्वाधारबारे बेखबर