शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘बिहे पास’ को छायाँकन सुरु

शुक्रबार, १३ चैत २०७७, २२ : २१
शुक्रबार, १३ चैत २०७७

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘बिहे पास’ को छायाँकन सुरु भएको छ । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । प्रवेश पौडेलको निर्देशन रहने फिल्म पूर्वका विभिन्न स्थानमा छायाँकन हुनेछ । फिल्ममा दयाहाङ र प्रकृति श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदैछन् ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह निर्मातामा ग्याल्जेन लामा हुन् । फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कम ब्याक गर्न लागेकी हुन् । म्यूजिक भिडियो हुँदै फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यस अगाडि ‘जिन्दगी रक्स’ र ‘उत्सव’ अभिनय गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप