
लुम्बिनी प्रदेश सभाको बैठक १८ गते लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ ।
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बैठक आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको बैठक बोलाउनको लागि आग्रह गर्ने निर्णय गरेको थियो
गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै वर्षे अधिवेशन सकिएको थियो । मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण प्रदेशमा पनि बैठक बोलाउनको लागि ढिलाइ भएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ