महालक्ष्मी बिकास बैंकले ९.२६ प्रतिशत लाभांस दिने
शुक्रबार, १३ चैत २०७७, २० : १६
काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबार आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
भिडियो कन्फ्रेन्समार्फत सम्पन्न बैंकको उक्त सभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका सेयर धनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश गरि कुल जम्मा ९.२६ प्रतिशतका बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै बैंकको साधारण सभाले अन्य बैंकहरुसँगको मर्जर तथा प्राप्तिको प्रस्तावलाई समेत खुल्ला राख्दै पँुजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले राख्ने प्रस्तावलाई समेत पारित गरेको छ ।
हाल बैंकको देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।