बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको चालु अधिवेशन छिट्टै अन्त्य गर्ने प्रधानमन्त्री ओलीको तयारी

शुक्रबार, १३ चैत २०७७, १९ : १५
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु प्रतिनिधिसभाको चालु अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भन्दै अधिवेशन छिट्टै अन्त्य गरिने सांसदहरुलाई जानकारी गराएका थिए । 

एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले भने, 'केही समयपछि चालु संसद् अन्त्य हुन्छ । र, वैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्छौं भन्नुभयो ।' संसद विघटन भएकाले ढिलो अधिवेशन प्रारम्भ भएको र वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने भएकाले संसदको जारी बैठक केही दिनमै अन्त्य गर्न लागिएको प्रमुख सचेत विशाल भट्टराईको भनाइ छ ।

प्रधानमन्त्री  ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको गरेपछि ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापित गरेको थियो । सर्वोच्चले संसद पुनःस्थापना गर्दै फागुन २३ गते अधिवेशन आह्वान गर्ने पनि भनेको थियो । सोही अनुसार २३ गते पुनःस्थापित संसदको पहिलो बैठक बसेको थियो ।

प्रधानमन्त्री ओली आजसम्म पुनःस्थापित  प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश गरेकै छैनन्  । संसद  भवन गएर उनी आफ्नै कार्यकक्षमा बसेर फर्किने गरेका छन् । यता संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले पनि अहिलेसम्म पुनःस्थापित संसदलाई सम्बोधन समेत गरेका छैनन् । अधिवेशन सुरु भएपछिका ५ वटा बैठकमा शोक प्रस्ताव पारित, आयोगका वार्षिक प्रतिवेदनबाहेक सरकारले महत्त्वपूर्ण विषय प्रस्तुत गरेको छैन । 

यस्तै पुनःस्थापित संसदद्वारा नयाँ निर्माणको गृहकार्य भए पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, सत्ता समर्थक नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच समझदारी बन्न नसकेपछि प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव समेत फेस नगरि चालु अधिवेशन अन्त्य हुने अवस्था देखिएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा परिणत भएको छ । तर नयाँ सरकार गठनको परिस्थिति निर्माण नभएको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत पनि लिने आवश्यक देखिएको छैन । सम्भवत आगामी सोमबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकबाट संसद अधिवेशन अन्त्यको निर्णय हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप