आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने

शुक्रबार, १३ चैत २०७७, १७ : २०
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबार आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समार्फत सम्पन्न बैंकको उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयर धनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश गरि कुल जम्मा ९.२६ प्रतिशतका बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै बैंकको साधारणसभाले अन्य बैंकहरुसँगको मर्जर तथा प्राप्तिको प्रस्तावलाई समेत खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले राख्ने  प्रस्तावलाई समेत पारित गरेको छ । हाल बैंकको देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप