श्रीमान् बोनी कपुरले श्रीदेवीसँग दोस्रो विवाह गरेपछि टुटेकी थिइन् मोना कपुर, छोरा अर्जुनको डेब्यू फिल्म रिलिज अघि भएको थियो निधन
बोनी कपुरकी जेठी श्रीमती मोना कपुरको २५ मार्चमा ९ औं पुण्यतिथी थियो । यस दिन उनलाई याद गर्दै उनका छोरा अर्जुन कपुरले सोसल मिडियामा एउटा फोटो सेयर गर्दै भावुक नोट लेखे ।
अर्जुनले लेखे, ‘९ वर्ष भयो । म तपाईंलाई मिस गर्छु आमा, कृपया फिर्ता आउनुहोस् । तपाईंले मेरो लागि चिन्ता गर्नु, मेरा लागि तनावमा हुनु । म मिस गर्छु आमा, फोनमा तपाईंको कल मिस गर्छु, घर आएर तपाईंलाई देख्नु, त्यो मिस गर्छु । तपाईंको हाँसो मिस गर्छु । तपाईंको आवाजमा मेरो नाम बोलाइएको मिस गर्छु । आशा गर्छु कि तपाईं जहाँ हुनुहुनेछ, ठिक हुनुहुनेछ । म पनि ठिक हुने कोसिस गरिरहेको छु । धेरैजसो त मैले आफैंलाई सम्हालेको छु तर म तपाईंलाई मिस गर्छु । कृपया फिर्ता हुनुहोस् । ’
सन् २०१२ मा भएको थियो निधनः
मोनाको २५ मार्च सन् २०१२ मा निधनभएको थियो । उनको क्यान्सरका कारण निधन भएको थियो । फ्यूचर स्टुडियोकी मुख्य कार्यकारी अधिकारी मोना कपुर निर्माता बोनी कपुरकी जेठी श्रीमती थिइन् ।
क्यान्सर पीडित मोना कपुर आफ्ना छोरा अर्जुन कपुरको पहिलो फिल्म ‘इशकजादे’ हेर्न चाहन्थिन् तर समयले उनको साथ दिएन । फिल्म रिलिज अघि नै उनको निधन भयो । उनको मृत्युको लगभग डेढ महिनापछि इशकजादे रिलिज भएको थियो ।
१० वर्ष जेठो बोनी कपुरसँग भएको थियो विवाहः
मोना कपुर १९ वर्षको हुँदा उनको विवाह आफूभन्दा १० वर्ष जेठो बोनी कपुरसँग भएको थियो । यो मागी विवाह थियो र दुबै यो विवाहमा खुसी थिए । अर्जुन र अंशुलाको जन्मसँगै सबैकुरा राम्रै चलिरहेको थियो ।
एकातिर मोनाले परिवार सम्हालिन् भने अर्कोतर्फ बोनी कपुर बलिउडमा राम्रो फिल्म निर्माताको रुपमा आफ्नो पहिचान बनाइसकेका थिए । तर जीवनको यो शानदार यात्रामा मोना र बोनी कपुरबीच श्रीदेवी आएपछि दुबैको एक दशकभन्दा पनि बढी लामो वैवाहिक जीवनमा दरार आयो । मोनाको जीवनमा यो एउटा ठूलो झट्का जस्तै थियो । एकातिर उनीहरुका सन्तान जीवनको उत्कृष्ट मार्गमा हिँड्ने पाठ सिकिरहेका थिए भने अर्कोतर्फ मोना र बोनी कपुरको सम्बन्धमा दरार आयो ।
बनाइन् अलग पहिचान, हारिनन् हिम्मतः
मोनाले सन् २००७ मा एक अन्तरवार्तामा भनेकी थिइन्, ‘त्यो समय मेरो र मेरा सन्तानका लागि निकै मुश्किल र पीडादायी समय थियो तर हामीले वास्तविकतालाई बलियो बनेर सामना गर्यौं । ’
सम्बन्धविच्छेद भइसकेपछि पनि मोनालाई उनको परिवारले निकै सहयोग गर्यो । उनको आत्मविश्वास बढाए । मोनाका पिता, आमा र बहिनीले उनलाई साथ दिँदै जीवनको यो तितो सत्यको सामना गर्न र एक बहादुर महिलाले झैं जीवन बाँच्न सल्लाह दिए ।
बलिउडका अन्य स्टारका श्रीमतीले मोनालाई तौल किन घटाउँदैनौं ? स्पा किन जाँदैनौं भनेर सोधे तर उनले यस्तो समयमा आफ्नै पहिचान बनाउने सोचिन् । उनले आफ्नो मनको कुरा पितालाई भनिन् । मोना जीवनप्रति सकारात्मक सोच राख्थिन् । उनले आफ्नी बहिनीसँग मिलेर प्रोडक्सन हाउस खोलिन् र युग, विलायती बानू, हेरा फेरी र कैसा ये कानूजस्ता सिरियल बनाइन् । मुम्बईमा फ्यूचर स्टुडियोकमो निर्माण र १२ फिल्म सेटको निर्माण मोना कपुरको भिजनकै कमाल थियो ।
बच्चालाई सधैं खुसी भएको हेर्न चाहन्थिन्ः
बोनी कपुरसँग मोनाको सम्बन्धविच्छेद भएपछि पनि उनले आफ्नो बच्चालाई कहिले पनि आफ्नो पितालाई नभेट्न भनिनन् । उनलाई थाहा थियो कि उनका बच्चाले उनलाई जति माया गर्छन् त्यति नै लगाव पिताका लागि पनि राख्छन् । उनी आफ्ना बच्चालाई सधैं खुसी देख्न चाहन्थिन् र भन्थिन्, ‘मलाई थाहा छैन, पुरुषले यसलाई कसरी सोच्छन् तर बच्चालाई पिताबाट टाढा राख्नु सही होइन । ’ मोना जीवनलाई रोलरकोस्टरको रुपमा हेर्थिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ