मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

शुक्रबार, १३ चैत २०७७, १७ : १०
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका घर भएका तिलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । ३७ वर्षीय माझीलाई बिहिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले खुकुरी प्रहार गरेर पत्नी कमला माझीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी ३१ वर्षीया कमलाको उपचारको क्रममा धरानस्थित अस्पतालमा मृत्यु भएको थियो । हत्याको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप