बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च गुणस्तरको शिल्ड फेस मास्क बजारमा

शुक्रबार, १३ चैत २०७७, १६ : १४
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्टले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत शिल्ड फेस मास्क बजारमा ल्याएको छ । शिल्ड फेस मास्क नेपाल मै UV sterilized भई उत्पादन हुने पहिलो मास्क भएको कम्पनीले दाबी गरेको छ ।

सही मास्क प्रयोग गरि सामाजिक उत्तरदायित्व बहन गरौ भन्ने नाराका साथ ल्याएको यो फेस मास्कको प्रयोगले कोभिड १९ लगायत अन्य भाइरस तथा किटाणुहरूबाट उच्च सुरक्षा दिन्छ । UV sterilized मास्क भएको हुनाले यो आफैमा १००% किटाणु तथा भाइरसरहित छ । यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टर र मुलायम डोरीले प्रयोगकर्तालाई उच्च सुरक्षा दिनका साथै आरामदायी महसुस गराउँछ । शिल्ड फेस मास्क भारतीय सर्जिकल मास्क standard 16289:2014    को आवश्यकता बमोजिम मेल खाने कम्पनीले दाबी गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप