बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तरी चीनमा कोइला खानी दुर्घटना, चार जनाको मृत्यु

शुक्रबार, १३ चैत २०७७, १४ : २६
शुक्रबार, १३ चैत २०७७

एजेन्सी । उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्मीहरुले पुष्टि गरेका छन् ।  उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।

बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको  थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप