भारतः मलको तेस्रो तलामा बनेको कोभिड अस्पतालमा आगलागी, १० को मृत्यु
शुक्रबार, १३ चैत २०७७, १४ : २५
भारतको मुम्बईको भांडुप इलाकामा एक मलको तेस्रो तलामा बनेको कोभिड अस्पतालमा बुधबार राती करिब १२ बजे आगलागी भयो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यद्यपि, अस्पतालमा भर्ना भएका ७० बिरामीलाई सुरक्षित निकालिएको छ । उनीहरुलाई अर्को अस्पतालमा सारिएको छ । फायर ब्रिगेडका २२ वटा गाडी आगो निभाउन पुगे । १३ घण्टापछि आगोमाथि नियन्त्रण पाउन सकिएको एक भारतीय सञ्चार माध्यमले बताएको छ ।
मुम्बईकी मेयर किशोरी पेडनेकरले आगलागीका कारण अहिलेसम्म पत्ता लाग्न नसकेको बताएकी छिन् । उनले पहिलोपटक मलमा अस्पताल देखेको बताउँदै यसका लागि कारवाही गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख