डाक्टरको लापरवाहीले बिरामीको मृत्यु ! चिकित्सक फरार
सिरहा । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले बताए ।
बान्ता आउने र उच्च रक्तचाप भएर गत सोमबार महतोलाई हेल्थ केयरमा भर्ना गरिएको परिवारजनको भनाइ छ । भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटक पटक अन्यत्र रेफर गर्न भने पनि चिकित्सक संजय यादवले ‘यहीँ ठिक हुन्छ’ भन्दै जबरजस्ती राखेको लालबिहारी बताउँछन् ।
अन्तिममा आफ्नो केही नचलेपछि वडा अध्यक्ष अनीसुल मियाँलाई ल्याएर अस्पतालमै भन्न लगाई रेफर गराएर बुधबार बेलुका थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । चिकित्सक डा संजय यादव भने फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे–चन्द्रौंटा सडक विस्तार धमाधम
-
‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता
-
के हो स्लिप प्यारालाइसिस ? कस्ता मानिस हुन्छन् जोखिममा ?
-
विश्वकप क्वालिफायरमा मेस्सी टोली बाहिर
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, वर्षा, हिमपातदेखि हावाहुरीसम्मको सम्भावना
-
पुटिनसँग फोन वार्ता पहिल्यै ठूलो उपलब्धि : ट्रम्प