शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु ! चिकित्सक फरार

शुक्रबार, १३ चैत २०७७, १३ : २८
शुक्रबार, १३ चैत २०७७

सिरहा । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले बताए ।

बान्ता आउने र उच्च रक्तचाप भएर गत सोमबार महतोलाई हेल्थ केयरमा भर्ना गरिएको परिवारजनको भनाइ छ । भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटक पटक अन्यत्र रेफर गर्न भने पनि चिकित्सक संजय यादवले ‘यहीँ ठिक हुन्छ’ भन्दै जबरजस्ती राखेको लालबिहारी बताउँछन् ।

अन्तिममा आफ्नो केही नचलेपछि वडा अध्यक्ष अनीसुल मियाँलाई ल्याएर अस्पतालमै भन्न लगाई रेफर गराएर बुधबार बेलुका थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । चिकित्सक डा संजय यादव भने फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप