लण्डनमा बसेका आर्टिस्टले नेदरल्याण्डमा नायिकाको हातमा ट्याटु बनाए
हालै लण्डनमा बसेका ट्याटु आर्टिस्टले रोबोटिक्सको मद्दतले नेदरल्याण्डमा एक महिलाको हातमा ट्याटु बनाएका छन् । यस्तो फाइभजी प्रविधिको मद्दतले सम्भव हुन सकेको हो । यो संसारको पहिलो रिमोट ट्याटु हो जुन ४८३ किलोमिटरको दुरीबाट बनाइएको हो ।
रियल टाइम रोबोटमाथि नियन्त्रण यथावत रह्योः
फाइभजी प्रविधिबाट सुसज्जित रोबोटिक आर्मबाट ट्याटु बनाइएको हो । यसलाई लण्डनका टेक्नोलोजिस्ट नोयल ड्रियूले तयार गरेका हुन् । नोयलले बताए अनुसार उनले रियल टाइममा रोबोटको हातमा नियन्त्रण यथावत राखे र महिलको हातमा ट्याटु बनाए ।
यसको नाम राखियो इम्पोसिबल ट्याटुः
ट्याटु आर्टिस्ट वेस थोमसले हातमा डिजाइन बनाउनका लागि आफूले झण्डै सयपटक आफ्नो उपकरणको परीक्षण गरेको बताए । ट्याटु नेदरल्याण्डकी नायिका स्टिन फ्रेन्सेनको हातमा बनाइयो । यसलाई ‘इम्पोसिबल ट्याटु’ को नाम दिइएको छ ।
लकडाउनमा बनाए रोबोटिक आर्मः
लकडाउनका बेला करिब ६ हप्तामा यस्तो प्रविधि विकसित गरियो जसमार्फत् सयौं किलोमिटर टाढाबाट पनि ट्याटु बनाउन सहज हुन सक्यो । नोयल भन्छन्, ‘यो प्रविधिसँग सम्बन्धित धेरै कुरा घरमा तयार गरिएको छ भने केही बाहिरबाट खरिद गरिएको हो । ट्याटु बनाउन मेसिनलाई निर्देशन दिने र ट्याटु बनाउनमा ढिलाई भएन । यसकारण १–१ मिलिमिटरसम्म सटिक परिणाम देखियो ।’
ट्याटु बनाउने प्रक्रियामा बन्यो डकुमेन्ट्रीः
रियल टाइम रोबोटिक्स ट्याटुको पूरा प्रक्रियामा ३ मिनेटको डकुमेन्ट्री बनाइएको छ । ट्याटु आर्टिस्ट थोमसले थुप्रै इन्जिनियर्ससँग यो प्रविधिबारे कुरा गरे, उनीहरुलाई आफ्ना आइडिया बुझाए । थुप्रै महिनाको तयारीपछि परीक्षण भयो जुन सफल रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम