बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केराउ, छोकडा, सुपारी र मरिच ल्याउन पुग्ने विदेशी मुद्रा सटही सुविधा दिन बैङ्कहरुलाई राष्ट्र बैङ्कको निर्देशन

शुक्रबार, १३ चैत २०७७, १२ : ४६
शुक्रबार, १३ चैत २०७७

नेपाल राष्ट्र बैङ्कले कोरा, छोकडा र सुपारी तोकिए जति परिणाममा ल्याउन विदेशी मुद्रा सटहीको सुविधा दिन बैङ्कहरुलाई निर्देशन दिएको छ । एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सो व्यवस्था गर्न बैङ्कहरुलाई भनेको छ ।

बाणिज्य बैङ्क र विकास बैङ्कका लागि जारी गरिएको परिपत्रमा केराउ, छोकडा र सुपारी आयातका लागि पुग्ने विदेशी विनिमय सटहीका लागि भनेको हो । यो आर्थिक वर्षका लागि केराउ ८० हजार मेट्रिक टन, २५ हजार मेट्रिक टन सुपारी, ५ हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयात गर्न पाइने गरी परिमाणत्मक बन्देज छ । सोही अनुसारको विदेशी मुद्रा सटही गर्ने व्यवस्था मिलाइदिन केन्द्रिय बैङ्कले वाणिज्य बैङ्क र विकास बैङ्कलाई भनेको छ ।

छोकडाको पैठारीमा पूर्ण बन्देज लगाइएकोमा २०७६ चैत १६ गते अगाडि चलान भैसकेका तर गुण नियन्त्रण नलिएका छोकडाको हकमासम्बन्धित भन्सारस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालयले गुणस्तर प्रमाणीकरण गरी उपयुक्त देखिएको सिफारिस गरेमा त्यस्तो छोकडा पैठारी गर्ने प्रयोजनका लागि समेत सटही सुविधा प्रदान गर्न भनिएको छ ।

यता ५० हजार डलरभन्दा बढीको सवारी आयातको बन्देज भने हटिसकेको छ । केराउ, सुपारी, छोकडा र मरिचमा भने परिमाणात्मक बन्देज छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप