ओलीसँग जसपा सती पनि जाँदैन, फुट्दा पनि फुट्दैन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने बताएका छन् । प्रेस मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानविराेधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्तिसँग सत्ता साझेदारी गर्न, सती जान र लगनगाँठो कस्न नसकिने बताएका हुन् । उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने प्रष्ट पारे ।
‘अहिलेको ओली नेतृत्वको सरकार विस्थापित लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्छ,’ उनले भने । उनले आफ्नो पार्टीले ओली सरकारलाई विस्थापित गर्न खोजेपनि अन्य दलहरुले निर्णय गर्न नसक्दा सो कुरा पूरा हुन नसकेको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्ने कुरा उनले औँल्याए ।
ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउनको लागि ढिला भएको बिषयमा सोधिएको प्रश्नमा उनले नेपाली काँग्रेसले नेतृत्व गर्न ढिला गरेको बताए । उनले भने, ‘मनले चाहेर मात्रै हुँदैन अङ्क गणित चाहिन्छ । त्यसमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । हामी तयार छौँ ।’ नेपाली, माओवादी र जसपा मिलेर अङ्क गणित मिल्दा सरकार बन्न सक्ने भएपनि त्यसमा आफुहरु मात्रै ताताएिर केही नहुने बताउँदै उनले यसमा नेपाली काँग्रेस पनि तातिनुपर्ने प्रष्टाए ।
यादवले जसपाका नेताहरु र प्रधानमन्त्रीबीचको भेटवार्ता रेशम चौधरीलगायत साथीहरुको रिहाइको लागि मात्र भएको प्रष्ट पारेका छन् । ‘चौधरीको मुद्दा राजनीतिक हो, अपराधिक मुद्दा होइन । उनलाई रिहा गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यसलाई हामीले सत्तामा जाने बाटो बनाउन र सरकारले पनि अङ्क गणितका लागि ब्ल्याकमेलिङ गर्ने अस्त्र बनाउन मिल्दैन,’ उनले भने, ‘पहिला मुद्दा फिर्ता र रिहाइ हुनुपर्छ । अनि बल्न सरकार जाने विषयमा छलफल हुन्छ ।’
यादवले प्रधानमन्त्री ओलीमाथि संसदलाई असफल बनाउन खोजेको आरोप पनि लगाए । प्रधानमन्त्री ओलीले पहिला आफै संसद विघटन गरेर र अहिले फेरि विजनेश नदिएर संसदलाई बेकामे बनाउन खोजको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा