शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको आलोचना गर्दै बाइडेनले भने, ‘शी जिनपिङको शरीरमा लोकतान्त्रिक हड्डी छैन’

शुक्रबार, १३ चैत २०७७, १० : १९
शुक्रबार, १३ चैत २०७७

अमेरिकाको राष्ट्रपति बनेपछि जो बाइडेनले बिहिबार पहिलो आधिकारिक पत्रकार सम्मेलनमा विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् ।

चीनबारे कुरा गर्दै बाइडेनले आफ्नो चीनसँग संघर्ष गर्ने कुनै सोच नभएको बताएका छन् तर उनले चीनका राष्ट्रपति शी जिनपिङको आलोचना पनि गरेका छन् ।

आफूले चिनियाँ नेतालाई बराक ओबामासँग उप–राष्ट्रपतिको हैसियतले काम गरिरहेका बेलादेखि नै चिनेको बताएका छन् ।

बाइडेनले भनेका थिए, ‘शी जिनपिङको शरीरमा एउटा पनि लोकतान्त्रिक हड्डी छैन तर उनी एक स्मार्ट व्यक्ति हुन् ।’

बाइडेनले थपे, ‘चीन संसारको सर्वाधिक शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहन्छ तर हामी यसो हुन दिँँदैनौं किनभने अमेरिका पनि यो दिशामा अघि बढ्दै जानेछ र प्रगति पनि गर्दै जानेछ ।’

बाइडेनले अमेरिका र चीनमा एउटै मात्र कुराको प्रतिस्पर्धा भइरहेको बताएका छन् । उनका अनुसार यी दुई देश लोकतन्त्र र तानाशाहबीच प्रतिस्पर्धा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप