बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका अस्पतालमा कोभिडको चाप घट्दै, थप ६३ को मृत्यु

शुक्रबार, १३ चैत २०७७, ०० : ०८
शुक्रबार, १३ चैत २०७७

लन्डन । बेलायतका अस्पतालमा बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोभिड आपतकालीन सतर्कताको स्तरलाई एक तह तल झरेको छ । इङ्ग्ल्यान्डको स्वास्थ्य सेवा प्रदायकले यसअघिको चौथो स्तरलाई  परिवर्तन गरि तेस्रो स्तरमा झारेको हो ।  

बेलायतमा  पछिल्लो २४ घन्टामा थप ६३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ४४५ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ३९७ नयाँ संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख १९ हजार १२८ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ । एनएचएस इङ्ग्ल्यान्डका  कार्यकारी प्रमुख साइमन स्टीभन्सनका अनुसार गएको जनवरीमा ३४ हजार भन्दा बढी कोभिडका बिरामीहरु अस्पतालमा रहेकोमा हाल उक्त संख्या घटेर ४ हजारको हाराहारीमा झरेको छ ।

भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६११  रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा ३ करोड १७ लाख बढी डोज खोप वितरण  

बेलायतमा हालसम्म तीन करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड १७ लाख ६६ हजार ६६९ डोज खोप वितरण भएको हो । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ८९ लाख ९१ हजार १८८ जनाले पहिलो डोज लिएका छन् भने दोस्रो डोज लिनेको संख्या २७ लाख ७५ हजार ४८१ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप