इजरायल निर्वाचन परिणामः नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

एजेन्सी । इजरायलमा भएको निर्वाचनको मतगणना सुरू भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो ।
राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अव भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् । अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उनलाई बहुमत पुर्याउन अरु ९ सिट आवश्यक पर्दछ ।
त्यसैगरी उनको प्रतिस्पर्धी अर्को गठबन्धनले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी यस पहिले लिकुड पार्टीको सहयोगीसमेत रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ भने त्यसले नेतान्याहुँसँग गठबन्धन गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रबल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा