बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ

बिहीबार, १२ चैत २०७७, २० : १८
बिहीबार, १२ चैत २०७७

काठमाडौं । सर्लाहीमा टाउको काटेर युवाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिहीबार टाउको काटेको अवस्थामा मलंगवा–९ स्थित खेतमा २५ बर्षीय सुशील यादवको शव फेला परेको थियो । हत्या आरोपमा कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । 

४५ बर्षीय कमल पण्डित मलंगवा–९ का स्थानीय हुन् । ४० बर्षीय अशोक भारतीय नागरिक हुन् । भारतको मदौलिया घर भएका उनी लामो सयमदेखि मलंगवामा बस्दै आएका छन् । 

मृतक र आरोपी लागू औषध प्रयोगकर्ता हुन् । बुधवार साँझ उनीहरु सँगै बसेर खाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कमल पण्डितले आफूलाई बोलाएपछि होटलमा पुगेको हत्या आरोपी अशोकले प्रहरीलाई बताएका छन् । 

कमल र मृतकको आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरोपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कमलका चारजना छोरी छन् । 

सुशीलको शव भन्दा ५० मिटर पर टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) मदन कुँवरले रातोपाटीलाई बताए । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवामा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप