होली पर्व घरमै मनाउन प्रशासनको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष होली पर्व घरमै मनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको र नेपालसँग खुल्ला सिमानाका कारण कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै जिप्रका मकवानपुरले धेरै यस वर्षको होली, नयाँ वर्ष तथा चाडपर्व घरमा नै बसेर मनाउन आग्रह गरेको हो ।
प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि मेला, महोत्सव, होली तथा नयाँ वर्ष जस्ता चाडपर्वमा भीडभाड नगर्न आग्रह गरेको हो ।
प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणबाट बच्न सामाजिक तथा भौतिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्न सबैमा आग्रह गरेको छ । यस अघि जिल्लामा हुने भीडभाड हुने खालका सभा, सम्मेलन तथा गोष्ठी नगर्न आग्रह गर्दै प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी