बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले ओलीलाई पठाए स्पष्टीकरणको जवाफी पत्र: तपाईंले पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो

बिहीबार, १२ चैत २०७७, १९ : ३०
बिहीबार, १२ चैत २०७७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई नै स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले आफुलाई सोधेको १० बुँदे स्पष्टीकरणको जवाफमा ओलीलाई नै प्रतिपश्न गरेका छन् । १३ बुँदामा नौ पेज लामो जवाफी प्रश्नमा नेता नेपालले पार्टी अध्यक्ष ओलीले नै विधान उल्लंघन गरेको र ओलीमाथि कारबाही गर्नुपर्ने जनाएका छन् ।

उनले आफु र प्रचण्डबीचको सम्बन्धलाई लिएर ओलीले गरेको प्रश्नमा ‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीति विपरित तपाईले उक्त प्रकार अनाधिकृत गतिविधि  गरेकोमा  त्यस्ता  गलत  कार्यलाई  रोक्न  पार्टीमा  संस्थागतरूपमा  भएका  काम  र  तपाई स्वयंको  हस्ताक्षरमा  कार्यकारी  अधिकार  प्राप्त  अर्का  अध्यक्ष  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’  समेत संलग्न  कार्यक्रममा  मेरो  सहभागितालाई  कसैको  ‘मतियार’  भएको  देख्नु  तपाईको  व्यक्तिवादको अभिव्यक्ति  मात्र  हो भनी किन  नभन्ने ?’ भनेर प्रतिप्रश्न गरेका छन् । त्यस्तै नेता नेपालले ‘यदि  तपाईको  जस्तो  दृष्टिकोण  राख्ने  हो  भने  पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधिसभाको विघटनसम्मको अवधिमा तपाईले  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईनै उहाँको सबभन्दा ठूलो मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’  

त्यसैगरी नेपालले ओलीलाई सोधेका छन्, ‘तपाईले  प्रधानमन्त्रीको  सरकारी  निवास  बालुवाटारमा म  लगायत  केन्द्रीय  कमिटीका  धेरै सदस्यहरुलाई कुनै जानकारी नगराई आफ्ना गुटका मानिसहरुको भेला गर्न फागुन २८ गते बोलाई माथि  प्रकरण ३  र  त्यस  अन्तर्गतका  विभिन्न  बुँदाहरुमा  उल्लेखित  पार्टी  विधानका  विभिन्न धाराहरुको उल्लंघन गर्दै वस्तुतः पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो’ भनेका छन् ।

‘पार्टी विधान र  पद्धतिलाई ध्वस्त  गर्नेतर्फ  तपाई  उद्धत  हुनु भएपछि  नेकपा (एमाले) को  नवौं राष्ट्रिय महाधिवेशनको  निर्णय  र  निर्देशन  तथा  पार्टी  विधान  पद्धतिको  रक्षाका  लागि  देशभरिका कार्यकर्ताहरूले गरेको छलफल र चिन्ता पार्टीको रक्षा एवं हितका लागि अत्यावश्यक भएको तथ्य स्पष्टै  छ । तपाईले बालुवाटारमा गुटको  अवैधानिक  भेलालाई  पार्टी  केन्द्रीय  कमिटीको विशेष बैठकको  संज्ञा  दिने  पार्टी  विधान  विपरितको  कार्य गर्नुका  साथै पार्टी  विधान  र  नियमावली  तथा सम्बन्धित जनसंगठनका  विधानहरू  विपरित  देशभरी पार्टी  कमिटी  तथा  पार्टीसँग  सम्बद्ध जन संगठनहरुको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनु भएको छैन र?’ नेपालको जवाफी पत्रको १० नम्बर बुँदामा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप