नुवाकोट–धादिङ जोड्ने १९२ मिटर लामो पुल बन्यो, तर बाटो नै छैन
नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पुल सम्झौता भएको ७ वर्षपछि निर्माण सम्पन्न भएपनि बाटो अभावमा प्रयोगमा आउन सकेको छैन ।
त्रिशुली नदीमाथि बनेको १९२ मिटर लामो पुलले नुवाकोटको केउरेनी र धादिङको गल्छी गाउँपालिका १ फोस्रेटारलाई जोड्नुपर्ने थियो । सम्झौताअवधिभन्दा पुल झण्डै ३ वर्ष ढिला निर्माणसम्पन्न भएपनि फोस्रेटारखण्डमा बाटो नहुँदा पुल प्रयोगमा आउन नसकेको हो ।
पुल र सडक जोड्ने लिंक रोडमा केही स्थानीयको जग्गा रहेको र स्थानीयले क्षतिपूर्ति नपाई बाटो नदिने भनेकाले पुल र सडक जोड्न नसकिएको स्थानीय रमेश ढुङ्गानाले बताए ।
यो पुल सञ्चालन आएपछि धादिङ सदरमुकाम जाने बाटो समेत छोटो हुनुका साथै धादिङकै विभिन्न क्षेत्र र नुवाकोटको तारुका लगायत क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । तर, बाटोकै समस्याका कारण सो क्षेत्रका स्थानीय सास्ती भोग्न बाध्य बनेका छन् ।

पुल बनेपनि बाटो किन बनेन भन्ने रातोपाटीको प्रश्नमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले सडक विभागले कमजोरी गर्दा समस्या आएको बताए । उनले भने, ‘खासमा पुलको डिपिआर भएलगत्तै जग्गा तथा संरचना निर्माण रोक्का राख्नुपर्ने थियो । तर सडकले त्यसो गरेको रहेनछ । रोक्का नराखेपछि कसैले जग्गा किने, तर अहिले बाटोले खाने भएपछि क्षतिपूर्ति मागेका हुन् । अब हामीले क्षतिपूर्ति दिनसक्ने अवस्था छैन, त्यो दिने भनेको सडकले नै हो ।’
क्षतिपूर्ति दिएन भने के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले भने, ‘क्षतिपूर्ति भएन भनेपनि बाटो त खुल्छ नै । त्यस्तो भएमा हामी अर्कै रुट बनाएर भएपनि बाटो जोड्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण