चन्द्रागिरीको सेयर मूल्य २ हजार नाघ्यो
बिहीबार, १२ चैत २०७७, १६ : १२
काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार रुपैयाँ पार गरेको छ । बिहीबार (साताको अन्तिम कारोबार दिन) चन्द्रागिरिको सेयर मूल्य प्रतिसेयर २ हजार ७९ रुपैयाँ भएको छ । यसको मूल्य १० प्रतिशतले बढेको हो ।
बिहिबार सेयर बजारमा २१.२९ अंकको गिरावट आएको छ । यसदिन साढे ६ अर्ब बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ, होटल तथा पर्यटन र लगानी समूहमा बढोत्तरी छ भने बाँकी सबै समूहमा गिरावट आएको छ । ट्रेडिङ समूह १७४.८८ अंकले वृद्धि भएको छ भने होटल्स तथा पर्यटन समूहमा १५४.०७ अंकको बढोत्तरी छ । लगानी समूहतर्फ १०३.७२ अंकको बृद्धि छ ।
कारोवार रकमको आधारमा आज नेपाल पूर्वाधार बैंकको सेयर कारोबार बढी छ । ९१ करोड रुपैयाँ भन्दा बढी कारोबार भएको निफ्राको सेयर मूल्य भने ६ सय १० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास